भारतलाई बुलेट ट्रेन निमार्णमा ९८ करोड सहयोग गर्ने
एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी समकक्षी अबेलाई स्वागत गरेका हुन् । स्वागत समारोहमा प्रधानमन्त्री मोदीले अबे ‘असाधारण नेता भएको भन्दै यो भ्रमणले भारत–जापानबीचको सम्वन्धका थप सुधार हुने बताएका छन।
जापानी प्रधानमन्त्री अबेको यस भ्रमणका समयमा करीब ९८ करोड जापानी सहयोगमा निर्माण हुने भनिएको बुलेट रेलका साथै केही अन्य सम्झौता हुने बताइएको छ ।
यस विषयमा दुवै तर्फबाट रेल सेवा निर्माणका लागि औपचारिक सम्झौताका बारेमा भने केही सार्वजनिक भने भएको छैन ।
भारत–जापानबीच अत्यन्तै गहिरो तथा सांस्कृतिक सम्बन्ध रहेको भनी गरेको टिप्पणीलाई भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी प्रसंसा रगेका छन् ।
प्रधानमन्त्री अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अाज औपचारिक भेटवार्ता हुनेछ । अबे अाज प्रधानमन्त्री मोदीसँग गृहनगर बनारस जाने कार्यक्रम पनिे रहेकोे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गतवर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमणगरेका थिए । यी दुई देशका प्रधानमन्त्रीले आफ्नो सम्बन्धमा नयाँ पन दिन खोजिरहेका विश्लेषकहरुको भनाई छ ।
जापानी प्रधानमन्त्री अबे एसियाको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रकाबीचको सम्बन्धमा नयाँरुप दिने प्रयास जारी रहने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले जापान सरकारसँग रेलसेवाको विस्तारका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताए । एसियाका यी दुई अर्थतन्त्रबीचको भेटवार्ताका क्रममा आर्थिक लगानीका अरुपनि कैयौँ क्षेत्रका बारेमा छलफल हुने बताइएको छ ।
nepalsandesh
