रक्सौल नाकाका धर्नाकारी किन निराश र दिक्क बन्दैछन् ?

काठमाडौं, २४ मंसिर । वीरगन्ज–रक्सौल नाकास्थित मितेरी पुलमा रातदिन धर्ना दिएर झन्डै अढाइ महिनादेखि नाकाबन्दी गर्दा पनि आन्दोलन निष्कर्षमा नपुगेपछि आन्दोलनकारी निराश र दिक्क भएका छन् ।
नाकाबन्दी सुरु भएको ७८ दिन पुग्दा धर्ना दिने आन्दोलनकारीको संख्या ह्वात्तै घटेको छ ।
‘नाकाबन्दी सुरु गर्दा मितेरी पुलको धर्नामा तीनचार सय आन्दोलनकारी रातिको समयमा पनि बस्थे’, आन्दोलनरत मधेसी दलकै एक नेताले भने, ‘अहिले भने राति २०–२५ जना पुग्न पनि मुस्किल हुन्छ। दिउँसो पनि धर्नामा ४०/५० जनामात्र देखिन्छन्।’
दसगजा क्षेत्रमै रहेको मितेरी पुलमा आन्दोलनकारीले गत असोज ७ गतेदेखि २४ सै घन्टा धर्ना दिँदै आएका छन्।नाकाबन्दी सुरु भएताका मितेरी पुलमा दिनहुँ हजारौं आन्दोलनकारी बस्थे।
पर्सा र बाराका गाउँगाउँबाट सर्वसाधारण ट्याक्टरमा चढेर मितेरी पुल आउँथे, राति पनि त्यहीं धर्नामा बस्थे ।
विभिन्न जातीय र पेसागत संघ–संगठनबीच वीरगन्जमा दिनहुँ जुलुस निकाल्ने र नाकामा धर्ना बस्ने होडबाजी चल्थ्यो ।
तर तिहार र छठ पर्वपछि भने मितेरी पुलमा जारी मधेसी दलको धर्ना फितलो बन्दै गएको छ।
dainiknepal

Write Comment Below: