आन्दोलन छोडेर आर्थिक विकासमा जुट्न मधेसी संसदलाई भारतिय राजदुतको सुझाब

शनिबार, २६ मंसिर
काठमाडौं । मधेस आन्दोलनमा केन्द्रित देखिँदै गएको भारतीय दूतावासले अचानक नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिएको छ।
शुक्रबार राजदूत रञ्जित रेले आफ्नो निवासमा विभिन्न दलका नेतालाई दिएको भोजमा त्यस्तो दृष्टिकोण परिवर्तनको आभास दिएका हुन्।
भोजका क्रममा राजदूत रेले नेपालका दर्जनौं राजनीतिक मुद्दालाई निकास दिँदै आर्थिक विकासमा जुट्न सुझाव दिएका थिए।
’वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट पुगेको क्षति एवं मधेसमा जारी आन्दोलनका कारण भएको क्षतिले नेपालको आर्थिक अवस्था धाराशायी हुँदै गएकाले सरकार र दलले राजनीतिक मुद्दालाई साता(दस दिनभित्रै छिनोफानो गरी नेपालको आर्थिक विकासमा जुट्न’ दलका प्रतिनिधिलाई सुझाएको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री कमल थापा तथा मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता भारत भ्रमणबाट फर्केको दुई दिन नबित्दै भारतीय दूतावासले शुक्रबार संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधिका लागि दिवाभोज आयोजना गरेको थियो।
दिवाभोजमा कांग्रेस, एमाले, एमाओवादी, मोर्चा सम्बद्ध र साना दलको समेत प्रतिनिधित्व थियो। दिवाभोजमा उपस्थित सभासद्लाई रेले समूह र एक्लाएक्लै भेटेका थिए। आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh

Write Comment Below: