साउन ३० देखि सुरू भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा तराइका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।
महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्ता निरास छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुल, रौतहटको सदरमुकाम गौर बैरगनिया नाकाको मितेरीपुल र सर्लाहीको मलंगवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
dainiknepal
