अब जनताले मधेसी मोर्चालाई सोध्न थाले, ‘संविधानमा मधेसीलाई नदिएको अधिकार के के हो ? देखाऊ’

वीरगञ्ज, १४ पुस– नयाँ संविधानमा मधेसी जनताको अधिकार खोसिएको भन्दै चार महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अगुवालाई वीरगञ्जवासीले संविधानका त्रुटिको सूची लिएर जनतामाझ आउने आग्रह गरेका छन् ।
सरकारले संविधान बुझाउन अभियान नै चलाएको बेला आन्दोलनका अगुवाले पनि त्यसको कमी कमजोरीबारे जनतालाई जानकारी गराउनु पर्ने उनीहरुको माग छ ।
‘सरकारले संविधान पढाउने, बुझाउने कार्यक्रम ल्याएको छ ’ पोखरियाका सुरेशकुमार चौरसियाले भने, ‘यस्तो बेला त्यही संविधानको विरोध गर्दैै आन्दोलन गर्नेले कुन कुन बुँदामा त्रुटि छ, कहाँ कहाँ हाम्रा अधिकार खोसिएका छन् भन्नेबारे पनि दफावार जानकारी दिनुप¥यो । ’
नागरिक दैनिकबाट
kathmandutoday

Write Comment Below: