राजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि धरान लगियो राजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि धरान लगियो

विराटनगर, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि सुनसरीको धरान लगिएको छ ।
आइतबार मध्यराति करिव १२ बजे महतोलाई थप उपचार गर्न धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
विराटनगरको अस्पतालमा उपचार सम्भव नभएपछि अध्यक्ष महतोलाई धरान लगिएको उहाँले बताउनुभयो ।
‘अध्यक्ष ज्यू गम्भीर बिरामी पर्नु भएको छ’, महासचिव सुमनले भन्नुभयो, ‘विराटनगरमा प्रहरीको कुटाइबाट टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।’
टाउकोमा चोट लागेका अध्यक्ष महतोलाई ब्लड प्रेस, सुगर र अन्य बिमारी पनि रहेका छन् ।
राजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि धरान लगियोराजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि धरान लगियोमधस आन्दोलनका क्रममा नाकाबन्दी गर्ने काममा कमान्डिङ गर्दै आउनुभएका अध्यक्ष महतालाई गत शनिबार प्रहरीसँगको झडपमा गम्भीर चोट लागेको थियो ।
dainiknepal

Write Comment Below: