तेल तस्करी गर्ने सरकारका सचिव र आयल निगम डिपो प्रमुखलाई जेल हालियो

२०७२ पुष १०
काठमाडौं । रिमोट प्रविधिमार्फत पेट्रोल पम्पहरुको ठगीमा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह, नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मासहित पम्प सञ्चालक र मिस्त्रीहरु जेल चलान भएका छन् । ठगी मुद्दामा अदालतले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सहसचिव हासलाई ललितपुर अदालतले तथा शर्मालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । रिमोट प्रविधिबाट पम्पहरुले गर्ने ठगीमा प्रहरीले १९ जनाविरुद्व बुधबार मुद्दा दायर गरेको थियो । वातावरण मन्त्रालयका सहसचिव साह, आयल निगम थानकोट डिपो प्रमुखसहित १९ जनाविरुद्व ठगी र कालोबजारी मुद्दा दर्ता गरिएको छ । नयाँ पत्रिकामा खबर छापिएको छ ।
dainiknepal

Write Comment Below: