ग्यास ट्याङ्कर विष्फोट हुँदा १०० भन्दा बढीको मृत्यु

१० पुस, एजेन्सी ।
नाइजेरियाको अवुजा क्षेत्रमा ग्यासले भरिएको ट्यांकर विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ ।

क्रिसमस मनाउन भीडभाड जुटेको क्षेत्रमा विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


क्रिस्चियनहरुको बाहुल्यता रहेको अबुजा क्षेत्रमा उक्त विस्फोट भएको समाचारमा जनाइएको छ ।

विष्फोटपछि उक्त क्षेत्रमा आतंक मच्चिएको छ ।nepaliheadlines

Write Comment Below: