जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ना४ख ६३६ नं को उक्त ट्याङ्करमा पाइप घुसाई तेल झिकिरहेको अवस्थामा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका–२१ बस्ने २५ वर्षीय टपेश्वर पटेल पक्राउ परेका छन् । ट्याङ्कर चालक भने भाग्न सफल भएको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट १० लिटरको पेट्रोलसहितको जर्किन र ट्याङ्करसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ । उक्त ट्याङ्कर विराटनगरबाट काठमाडौँस्थित निगमको थानकोट डिपोका लागि इन्धन बोकी आएको प्रहरीले जनाएको छ ।
dainiknepal
