दिल्ली गएका मधेसी नेताको मधेसमै अलोचना

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु
महोत्तरी, २५ मङ्सिर । भारत भ्रमणमा गएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष चार नेताको मधेसमै आलोचना सुरु भएको छ ।
यसैक्रममा आलोचना गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नेपालको आन्तरिक समस्याको हल देश बाहिरबाट हुन नसक्ने बताउनुभएको छ ।
धनुषाको सबैलामा आयोजित विरोधसभालाई सम्बोधन गर्न हिँड्नुभएका संघीय समावेशी मधेसी गठबन्धनका नेता भण्डारीले आज दिउँसो महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुरा गर्दै नेपालको आन्तरिक समस्या लिएर नेपाली जनता आन्दोलित भएकाले देशभित्रको समस्या देशभित्रै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal

Write Comment Below: