घरबाट साथीसँग मर्निङ वाकमा निस्किएका ५८ वर्षीय रायलाई हेमपुर गाविस वडा नम्बर ८ मा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रायसँगै मर्निङवाकमा हिँडेका पाँच जनाले भागेर ज्यान जोगाएको सर्लाही प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार रायको आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
हत्या कस्ले र किन गरेको भन्ने बारेमा केही खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वा्चित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका राय लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा समेत लागिरहेका थिए ।
यसैबीच नेकपा एमालेले घटनाका दोषी पत्ता लगाएर कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।
dainiknepal
