राजेन्द्र महतोको स्वास्थ्य लाभको कामना गर्दै मन्दिरमा पूजा

काठमाडौं, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य लाभको कामना गर्दै तराईका केही जिल्लाहरुमा मन्दिरमा पूजाअर्चना गरिएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार आज बिहान राजविराजको शिव मन्दिरमा अध्यक्ष महतोका स्वास्थ्य लाभको कामनासहति पूजाअर्चना गरिएको छ ।

‘अध्यक्ष ज्यूको स्वास्थ्य लाभको कामनासहित तराई मधेसका जिल्लाहरुमा मदिन्र र मस्जिदहरुमा पूजाअर्चना भएका छन्’, उहाँले भन्नुभयो, ‘आज बिहान नौ बजे राजविराजको शिवमन्दिरमा उहाँका समर्थकहरुले पूजा गरेको खबर पाएको छु ।’
विराटनगरको रानीभन्साल नाकाबन्द गर्न पुगेका बेला सुरक्षाकर्मीसँग भएको झडपमा अध्यक्ष महतो घाइते भएका थिए । उनको हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
महतो गम्भीर घाइते भएर अस्पताल भर्ना भएपछि नाकाबन्दी र तराई मधेस आन्दोलन कमजोर भएको ठहर सद्भावना पार्टीले गरेको छ ।
dainiknepal

Write Comment Below: