काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्याका सहित काभ्रे, दोलखा र सिन्धुपाल्चोकबाट शुक्रबार सर्वसाधारणलाई डिजल तथा पेट्रोल वितरण गर्दै छ ।
लामो समयदेखि इन्धन नपाएका सर्वसाधारणलाई उपत्यकासहित काभ्रे, दोलखा र सिन्धुपाल्चोकका विभिन्न पम्पबाट डिजल र पेट्रोल वितरण गर्न लागिएको आयल निगमले जानकारी दिएको छ ।
शुक्रबार मोटरसाईकलले ३ लिटर र निजी कार जिपले १० लिटरका दरले डिजल पेट्रोल पाउनेछन् ।
सञ्चारकर्मी पत्रकारहरुले भने राजधानीको टेकुस्थित नेशनल ट्रेडिङबाट सोही परिमाणमा इन्धन उपलब्ध गराइनेछ ।
nepalsandesh
