कालोबजारीलाई संस्थागत गर्ने अभियानमा दिन–रात नभनी लागेका व्यक्ति हुन्, उपाध्याय । भारतको आदेश बेगर एकइन्च पनि नचल्ने स्वभाव छ– उनको । तिब्बतको महावाणिज्यदूत हुँदा चीनको सूचना भारतलाई बेचेको शंका लागेपछि चीनकै आग्रहमा उनलाई फिर्ता बोलाइएको थियो । अहिले उनै उपाध्याय वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव रहेका छन् । भारतले जारी राखेको नाकाबन्दीमा विभिन्न विकल्पहरू खोजेर इन्धन आयात गर्नुपर्नेमा उनले कुनै काम नै गर्न दिएका छैनन् । मन्त्रालयमा कुनै विकल्पबारे छलफल हुनेवित्तिकै उनले भारतीय राजदूतमा सूचना पु¥याउने गरेको मन्त्रालयकै एक कर्मचारीले जानकारी दिए ।
चीनबाट इन्धन आयात गर्ने विषयमा उपाध्यायले कुनै पनि कागजात तयार पार्न मानेका छैनन् । उनले नमानेपछि प्रधानमन्त्री कार्यालयमा नै कागजात बनाइएको बुझिएको छ । सबै सूचना भारतीय दूतावासलाई बेचेर मासिक एक लाख भन्दा बढी आइसी लिने उपाध्यायलाई आरोप लाग्ने गरेको छ । उनलाई तपाई भारतको इसारामा किन लागेको भन्ने प्रश्न गर्दा उनले आफ्ु आफैबाट सचालित रहेको जबाफ जनआहवानलाई दिए । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले त भक्तपुरको एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री खड्ग ओलीसँग प्रश्न गरेका थिए–अरुको इसारामा काम गर्नेलाई किन कारवाही नगरेको ?
सचिव उपाध्याय र सहसचिव जीवराज कोइरालाको जोडी मन्त्री पुनलाई असफल बनाउन न्वारानदेखिको बल निकालेर लागिपरेका छन् । तर मन्त्री पुन त्यो थाहा पाएर पनि थाहा नपाए जस्तै गरी बसेका छन् । कुनै सहयोग नगर्ने, कागजात तयार नपार्ने, भएको सूचना भारतीय दूतावासलाई दिने सचिवलाई कारबाही गर्न कुन आइतबार कुरेको भन्दै वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा मन्त्री माथि प्रश्न सोधिए पनि उनले कुनै उत्तर दिएका थिएनन् । यस्तै सार्वजनिक लेखा समितिको बैठकमा सांसद रामहरि खतिवडाले सचिव उपाध्यायलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरेका थिए । भारतीय दूतावासको शैक्षिक छात्रवृत्तिमा छोरालाई दिल्ली मेडिकल कलेजमा पठाएका सचिव उपाध्याय सङ्कटको बेला रामरमितामा हेराउने गरेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati
