काठमाडौं । वर्तमान सत्ता समिकरणमा तीन सिट मात्र भएको राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री पाउँदा १२ जना सांसद भएको सत्तारुढ दल राप्रपा भने आन्तरिक विवादमा फसेका कारण सरकारमा सहभागि बन्न सकेको थिएइन ।
दुई पक्षले मन्त्री बन्ने सांसदहरुको नाम छुट्टा छुट्टै पेश गरे पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद नमिलेसम्म मन्त्री नबनाउने अडान लिए ।
यसपछि राप्रपामा विवाद मिलाउने खेल सुरु भयो । अन्ततः पानी बाराबारको अवस्थामा पुगेका नेताहरु पुनः एक स्थानमा आइपुग्ने भएका छन् ।
सहमति अनुसार यस अघि भएको महाधिवेशनको भद्र सहमति कार्यान्वयन गर्ने उल्लेख छ । जस अनुसार पशुपतिशम्शेर राणाले केन्द्रीय समिति बैठक बोलाएर लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष प्रस्ताव गर्ने सहमति बनेको छ ।
त्यसपछि चन्द एक वर्ष अध्यक्ष बन्ने छन् । लगत्तै चन्दले राणालाई अध्यक्षको सिफारीस गर्ने र राणाले पुन डा. प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष सिफारीस गर्ने र लोहनीले महाधिवेशन आयोजना गर्ने सहमति भएको छ ।
बिहीबार बिहान एकताको संयाुक्त पत्रकार सम्मेलन गरिने राप्रपाले जनाएको छ । विवाद मिलेसँगै राप्रपाको भागमा परेको दुई मन्त्रालयमा मन्त्री पठाइने छ ।
nepalsandesh
