वार्ता सफल बनाउन भन्दै मधेसी मोर्चाले नाकाको धर्ना छाड्यो, लगत्तै २४ ट्यांकर भित्रिए

बुधबार, २ मंसिर
काठमाडौं । काठमाडौंमा आन्दोलनरत मधेसी मोर्चासँग हुन लागेको भनिएको निर्णयक वार्ता सफल पार्न भन्दै दवाव दिन सीमा नाकामा धर्ना बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपालगञ्जको जमुनाह नाका खुल्ला गराएसँगै ३२ ट्यांकर डिजल र एक ट्यांकर पेट्रोल भित्रिएको छ ।
मोर्चाका कार्यकर्ताले वार्ता सफल बनाउन दवाव दिन भन्दै दिउँसो २ बजेसम्म धर्ना दिएका थिए । उनीहरुको धनाृका क्रममा नाका पुर्ण रुपमा अवरुद्ध भएको थियो ।
आन्दोलनकारीले वार्ता सफल हुने आश र शुभकामना सहित नाका सुचारु गर्न भन्सार कार्यालयलाई बाटो छाडिदिएका थिए ।
उनीहरुले सरकारले बाहिर आएजस्तै लचकता अपनाए आफुहरु नाका सहज बनाउन सहयोगि भुमिका खेल्ने बताएका थिए ।
nepalsandesh

Write Comment Below: