नीतिश पाँचौं पटक मुख्यमन्त्री बनेको खुसीमा फ्यानले औँला काटेर बाबालाई चढाए

बिहार – भर्खरै विहारको मूूख्यमन्त्री निर्वाचित भएका नीतिशकुमारले एउटा त्यस्तो फ्यान पाएका छन्, जून कुनै राजनीतिज्ञका लागि कल्पना बाहिरको विषय रहन्छ ।
नीतिश पाँचौं पटक मूख्यमन्त्री बनेपछि जहानाबादका एक व्यक्तिले फेरि आफ्नो औला काटेर एक बाबालाई चढाएका छन् । ४५ वर्षीय अनिल शर्मा उर्फ अली बाबाले शुक्रबार नीतिशको सरकार बनेसँगै खुसीयालीमा औँला काटेका हुन् । उनले यो पहिलो पटक गरेका होइनन । सन् २००५ मा पहिलो पटक नीतिशकुमार मूख्यमन्त्री हुदाँ औँला काटेका अनिलले सन् २०१० मा पनि यसरी नै औँला काटेका थिए । उनी औँला काटेर बाबालाई सँधै चढाउँछन् । किन औला काटेर चढाउँछन् अनिल ? अनिल घोसी थानास्थित वैना गाउँका हुन् । उनकी श्रीमतीको मृत्यु भइसकेको छ । उनका बच्चा पनि छैनन् । खेती किसानी गर्ने अनिल दूध बेचेर गुजारा चलाउँछन् । औला काट्नुको कारणबारे सोध्दा उनी भन्छन्, ‘हरेक व्यक्तिको खुसी व्यक्त गर्ने तरिका आफ्नो आफ्नो हुन्छ । कोही मिठाई खाएर त कोइ नयाँ कपडा लगाएर त कोही अन्इ तरिकाबाट खुसी मनाउँछन् । मलाई नीतिश कुमार मुख्यमन्त्री भएकोमा निकै खुसी छ । त्यसैले भगवान्सामू खुसी व्यक्त गर्न औला चढाएको हुँ ।’ अहिले उनको उपचार चलिरहेको छ । नीतिश मूख्यमन्त्री नबनेको भए के गर्थे ? अनिलले अनिलले नीतिश मूख्यमन्त्री नबनेको भए आत्महत्या गर्ने अर्को सनसनीपूर्ण खुलासा गरेका छन् । यदी भविष्यमा पनि नीतिश मूख्यमन्त्री भएनन् भने उनी बाँच्ने छैनन् । उनी भन्छन्, यदी नीतिशकुमारजस्ता व्यक्ति यो राज्यमा मूख्यमन्त्री बन्दैनन् भने यस राज्यमा जिउनुको के फाइदा ? ratopati

Write Comment Below: