काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका अभियान्ता डा। बाबुराम भट्टराईले तराई मधेसमा जारी आन्दोलन आन्दोलनरत संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरुको नियन्त्रण बाहिर जान थालेको खुलासा गरेका छन् ।
शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता भट्टराईले वार्ता र सम्वादबाटै मधेसको समस्या समाधान गर्नु पर्ने भए पनि वार्ता सार्थक हुन नसक्दा यस्तो अवस्था आएको बताए ।
उनले छठ पर्व पछि तराईमा बढ्दै गएको अराजकताले पनि आन्दोलनको नेतृत्वकर्ताको हातमा नियन्त्रण नरहेको पुष्टि हुन थालेको बताए ।
उनले अब यस्तै अवस्था लम्बिए आन्दोलनकारकिो हातबाट सबै नियन्त्रण गुम्ने अवस्था आउने पनि बताए । भट्टराईले सबैले आफ्नो गल्ती स्विकार गरेर देशलाई निकाश दिनुपर्ने बताए ।
उनले आफ्नो देशको समस्या आफैंले समाधान गर्न सकिएन भने जटील समस्या उत्पन्न हुने भन्दै त्यसकालागि आफु भुमिका खेल्न तयार रहेको बताए ।
उनले संविधान जारी गर्ने बेलामा पनि शीर्ष नेताहरुलाई अहिलेको अवस्था आउनसक्नेतर्फ ध्यानाकर्षण गराएको तर, सुनुवाई नगरिएको बताए । उनले खोक्रो राष्ट्रवादको नारा अहिले आवश्यक नभएको पनि बताए ।
nepalsandesh
