शनिबार कलाकारहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफुलाई कमाउँ, खाउँ, खुवाऔं भन्ने कुनै किसिमको सोच नभएको र देश सकटमा परेकाले सबै मिलेर देश बचाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका जायज माग पुरा गर्न आफु सधैं प्रतिबद्ध रहेको बताए ।
आफु इमान्दार भएर काम गरिरहेको र देखे बुझेको कुरा सिधा भन्ने गरेको बताए । उनले आफु गाउँमा छँदा बाख्रा गोठालो भएको र जेलमा बस्दा पाइन्टमा आइरन लगाउन नजानेर कपडा नै टासिर्एको प्रसंग समेत उठाए ।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाले मागेको संघीयता प्रेमि प्रेमिका बीचको दुरी बढाउने खालको भएको बताए । उनले देश संकटमा परेकाले जिम्मेवार भएर प्रस्तुत हुन मधेसी मोर्चालाई आग्रह समेत गरे ।
प्रधानमन्त्री ओलीले मन्तव्य राख्दैगर्दा उनको आँखा रसाएको थियो भने गला अबरुद्ध समेत भएको थियो । उनले भावनामा आएर भड्काउमा लाग्दा जनताले दुःख पाउने भन्दै सबै एक हुनुपर्ने बेला आएको बताए ।
nepalsandesh
