विभिन्न ठाउँमा भएको बम हमलामा परी ३२ जनाको मृत्यु भएको छ । फल बजारमा भएको विस्फोटमा ८० भन्दा बढी मानिस घाइते भएका छन् । त्यहाँको रेडक्रस र नेशनल इमरजेन्सी म्यानेजम्यान्ट एजेन्सी (नेमा)ले यो खबरको पुष्टि गरेको छ ।
प्राप्त समाचारअनुसार बम धमाका राति ८ बजे भएको थियो । अहिलेसम्म यो आतंकवादी हमलाको कुनै संगठनले जिम्मा लिएको छैन् । तर, तो हमलाको पछाडि खतरनाक आतंकवादी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ ।
घटनापछि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दुःख व्यक्त गरेका छन् । यसअघि फ्रान्सको राजधानी पेरिसमा राति ९ बजे भएको आतंकवादी हमलामा १३२ जना मारिएका थिए । घटनाको जिम्मा अतिवादी संगठन आइएसले लिएको थियो । (एजेन्सीको सहयोगमा)
dainiknepal
