ओबामाले सिरियाको समस्या समाधान गर्ने रचनात्मक भुमिका खेलेको भन्दै रसियाको यस्तो प्रसंशा गरेका हुन। उनले रसियाले सिरियामा जारी सैन्य आक्रमणलाई इस्लामिक स्टेटमाथि केन्द्रित गरे अमेरिका र रसियाबीच राम्रो सन्वन्ध बन्ने समेत बताए।
ओबामाले अष्ट्रियाको भियानामा भएको अन्तराष्ट्रिय बैठकमा राजनैतिक रुपान्तरणका लागि रचनात्मक सहयोगीको भुमिका खेलेको प्रसंग उल्लेख गर्दै रसियाको प्रशंसा गरेका हुन्।
ओबामले भने- तर हामीबीच सिरियन शासक बशर अल असदको भविष्य र रसियाले असदलाई जोगाउन खेलेको सैन्य भुमिकालाई लिएर अझै मतभिन्नता छन्। रसिया अझै पनि असदलाई सत्तामा राखिराख्न किन उत्सुक छ ठुलो खोजीको विषय छ।’
तर यी मतभिन्नताले पनि हामीलाई अगाडी बढ्न रोकेको छैन् भन्दै ओबामाले रसियाले सिरियामा जारी सैन्य आक्रमणलाई असदलाई जोगाउन जोडेर इस्लामिक स्टेट विरुद्द केन्द्रित गर्ने आसा रहेको बताए ।
ओबामाले राष्ट्रपति भ्लादिमिर पुटिन र रसियन सेनाले आफ्नो आक्रमण परिवर्तन गरेर मुख्य खतरा इस्लामिक स्टेटमाथि केन्द्रित गरेको हेर्न चाहेको बताए ।यसो भएमा अमेरिकाले रसियाको स्वागत गर्ने समेत उनले बताए । ओबामाले मनिलामा फिलिपिनी राष्ट्रपति बेनिंङनो एक्विनोसंगको भेटवार्ता पछि यस्ता टिप्पणी गरेका हुन्।
केहि समय यता निकै बिग्रिसकेको अमेरिका रसिया सम्वन्ध सिरियामा बढ्दै गएको समस्या र फ्रान्समा भएको आत्मघाती हमालपछि सुधार तर्फ उन्नुख हुनसक्ने संकेत देखिएका छन्।nepaliheadlines
