भारत र पाकिस्तानको विवादास्पद क्षेत्र जम्मू-कश्मीरको कुपवाड़ामा पाकिस्तानी लश्करका सदस्यहरुको मुठभेडमा कर्नेल सन्तोष महादिक मारिएका हुन् ।
उनी ४१ राष्ट्रिय राइफल्सका कमांडिंग अफिसर थिए । भारतीय समाधार संस्था आजतकका अनुसार सर्च अपरेशनका क्रममा उनको टीममाथि भारत–पाकिस्तान सीमा नाका हाजीको घना जंगलमा आक्रमण भएको थियो । सोमवार राति भएको मुडभेडमा छातिमा गोली लागेर उनी गम्भीर घाइते भएका थिए ।
मंगलबार विहानै उनको मृत्यु भएको हो । घटनापछि भारतीय प्रहरी र सेनाको संयुक्त टीमले पाकिस्तानी लश्करबीच कयौं घण्टा दोहोरो भीडन्त भएको थियो । जसमा प्रहरी अधिकारीसहित भारतीय सेनाका चार कर्मचारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पाकिस्तानी लश्करले जम्बू–कश्मीर स्वतन्त्रताको माग गर्दै आएको छ । हाल जबमू कश्मीर भारतको नियन्त्रणमा छ ।
dainiknepal
