आजको वार्ता निर्णायक हुने देखेपछि राजेन्द्र महतोले बहिस्कार गर्दै

२ मंसिर, काठमाडौं ।

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज निर्णायक वार्ता हुने भएको छ । वार्ता दिउँसो ४ बजे सिंहदरवारमा हुने वार्ता गर्ने प्रमुख जिम्मेवारी पाएको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काले जानकारी दिए ।

प्रचण्डले हिजो र अस्ती मोर्चा र कांग्रेस एमालेका नेताहरुसँग अनौपचारिक छलफल गरेपछि आज औपचारिक वार्ता हुन लागेको हो । आजको वार्तामा मोर्चाले राखेको प्रमुख अडान प्रदेशको सिमांकनमा केन्द्रीत हुने नेताहरुले बताएका छन्

सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरू सहमतिका लागि तयार भएको सन्देश मोर्चाको तर्फबाट आएपछि औपचारिक वार्ता हुन लागेको हो ।

सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार तयार गर्ने जिम्मा पाए पछि प्रचण्ड सकृय भएका हुन । मोरङ र सुनसरी टुक्राएर प्रदेश नम्बर २ मा राख्ने, कैलाली टुक्राएर थरुहटको माग सम्बोधन गर्न सकिने प्रचण्डको प्रस्ताव छ ।

यो प्रस्तावमा मोर्चामा रहेका सबै दल सहमत भए पनि राजेन्द्र महतोले सहमती जनाउन नसक्ने बताइएको छ । श्रोतका अनुसार आजको बैठकमा यही प्रस्तावमा सहमती हुन सक्ने सम्भावना भएपछि महतोको सदभावनाले आजको बैठक वहिस्कार गर्ने बताएको छ ।

सदभावना पार्टीका अध्यक्ष महतो र सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागि हुने गरेका थिए । तर आफूहरु विरगञ्जमा रहेको र अहिलेसम्म वार्ताको जानकारी आफूले नपाएको र जानकारी आए पनि वार्तामा सहभागि नहुने कर्णले बताए ।

nepaliheadlines

Write Comment Below: