नाकाबन्दीसँगै आन्दोलनरत मधेसी मोर्चाले फेरी बन्द हड्ताललाई निरन्तरा दिने जनाएपछि सर्वसाधरणहरुको दैनिक उपभोग्य सामाग्री खरिदका लागी भिडभाड बढेको हो ।
नाकाबन्दी सँगै फेरी हुने बन्दले दैनिक उपभोग्य सामाग्री अभाव हुने भन्दै सर्वसाधरणले लामो समय सम्मका लागी जोहो गर्न सामान खरिद गर्न थालेका छन् ।
जसले गर्दा ठूठीबारी बजारका पसलहरुमा नेपाली सर्वसाधारणहरुको भिडभाड बढेको छ । सीमावर्ती ठूठीबारी बजारमा अहिले रुपन्देहीको खैरहनीदेखि चितवनसम्मका सर्वसाधारणहरु किनमेलका लागी पुग्ने गरेका छन् ।
तीन महिनादेखि बन्द हुँदै आएको परासी क्षेत्रलाई तिहारदेखि छठपर्वसम्मका लागी भन्दै मोर्चाले खुला गरेपछि किनमेलका लागी ठूठीबारी बजारमा चहलपहल बढेको हो । साउन २५ देखि परासी क्षेत्रसहित दक्षिण भेग मोर्चाको बन्दका कारण ठप्प बन्दै आएको थियो ।
imagekhabar.com
