काठमाडौं । यस क्षेत्रका सातवटा (अहिले आठ) देशबीच सार्वभौमिक समानता, राजनीतिक स्वाधिनता, आन्तरिक मामिलामा अहस्तक्षे र पारस्परिक हितको निम्ति गठित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष केपी ओली र सदस्य नरेन्द्र मोदीबीच तिक्तता यही रुपमा जारी रहने हो भने यस्तो संगठनको औचित्य के रहला ? यसअघि सन् २००२ को जनवरीमा त्यही भारतले आफ्नो आकास प्रयोग गर्न नदिँदा पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ चीनको बाटो भएर सार्क सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।
ठ्याक्कै एक वर्षपछि भारतसँग तिक्ततापूर्ण सम्बन्ध रहेको पाकिस्तानमा अर्को सार्क सम्मेलन आयोजना हुँदैछ । बंगलादेश, श्रीलंका, माल्दिभ्स कसैसँग पनि भारतको सम्बन्ध सुमधुर छैन । यस्तोमा फेरि प्रश्न उठ्छ, जब छिमेकीबीच सम्बन्ध सौहार्दपूर्ण बन्न सक्दैन भने दुःखमा रुन र सुखमा हाँस्न बनाइएको गुठीको के महत्त्व ? पाँच वर्षको तयारीपछि सन् १९८५ को डिसेम्बर ८ तारिखका दिन बडापत्र जारी गर्दै ढाकामा यो संगठनको स्थापना भएको हो । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal
Write Comment Below: