एजेन्सी । पेरिसको उत्तरी क्षेत्रमा फेरी गोली चलेको छ । फान्सको टोलिभिजन च्यानल बीएफएमटीवीले दिएको समाचार अनुसार गोली चल्दा प्रहरी समेत घाइते भएको बताएको छ ।
समाचार अनुसार आकंतवमदी समुहको अप्रेसनका लागि गरेको टोलीमाथि आएएसका समुहले गोली प्रहार गरेको बताइएको छ ।
प्रहरीका अनुसार अहिले दुबै तर्फबाट गोली चलेको जनाएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै पेसरसको सेन्ट डेनिस वरपरका क्षेत्रमा सडक बन्द गरिएको छ।
गत शुक्रबार राति आतङ्ककारीले हमला गरेका कैयौँ क्षेत्रहरुमध्येको एक हो ।
सो क्षेत्रमा अहिले पनि आतङ्ककारी हमलामा सम्लग्न व्यक्ति तथा प्रमाणहरु रहेको अनुमानको आधारमा प्रहरीले सो क्षेत्रलाई नै निगरानीमा राखेको छ ।
प्रहरीले ती हमलाकारीहरुलाई खोजी गर्ने क्रममा नयाँ नयाँ तथ्यहरु फेलापारेको जनाएको छ ।
फान्सले आकंतककारीको खोजी र अनुसन्धानको लागि करिब १५०० सय सुरक्षाकर्मी परिचालन गरेको बिबिसीले जनाएको छ ।
यस अघि शुक्रबार चरमपन्थी समुह आइएसले पेसिसको बिभिन्न स्थानमा श्रृखलाबद्ध आक्रमण गर्दा १२९ जनाको ज्यान गएको थियो ।
nepalsandesh
