भारत सरकारका उपसचिव रायले यतीबेला नेपाल हल्लाइरहेका छन् । भारतीय स.स्थापन पक्ष, कर्मचारीतन्त्र र रअबीचको आपसि असमजदारी र दादागिरीका कारण नेपालले अमानविय संकट झेलीरहेको छ ।
र यसको प्रमाणहरु पनि विस्तारै आइरहेका छन् । यस बीचमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले नेपालमा लगाइएको नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहन सन्धी र स्वतन्त्र व्यापार सन्धी विपरित भएको र नेपालमा चरम मानविय संकट उत्पन्न भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए ।
उनले नेपालमा लगाइएको नाकाबन्दी तत्काल खोल्न पनि भारतसँग जोडदार माग गरेका थिए । यो सँगै गैर आवासिय नेपालीहरुको संसथा एनआरएनले विश्वभर नेपालमा भारतले लगाएको नाकाबन्दीको विरोध गरिरहेका छन् ।
यस्तो अवस्थामा भारतको विश्वव्यापी बोइज्यत भैरहेको अवस्था थियो । अनि भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि चीनमा गएर भारतले नाकाबन्दी नगरेको प्रष्टकिरण दिएका थिए । यतीले नभ्याएपछि भारत अत्तालीएको थियो । यस बीचमा भारतले अर्को चालबाजी गर्न थाल्यो ।
शुक्रबार दिउँसो भारतीय राजदुतले नेपालमा रहेका सबै देशका कुटनीतिक नियोगका प्मुखहरुलाई दिवा भोजको आयोजना गरे । यो उनको नांगो कुटनीतिक नाच थियो ।
होटल र्याडीसनबाट भात मगाएर लैनचौरमा रहेको दुतावासमा आगन्तुकहरुलाई सन्तुष्ट पार्ने प्यास गरे । यो प्रयास सँगै उनले नेपालकै भुमीमा बसेर नेपाल विरोधी अर्को कदम चाले ।
र यो कदमको ठुला भनीएका मिडियाहरुले समाचार बनाउन आवश्यक ठानेनन् । हुनत सार्कका महासचिवले समेत नाकाबन्दी भनेको के हो ? भनेर पत्रकारलाई प्रतिप्रश्न गरेको अवस्थामा राजदुतको यो कदमबो सबै बेखबर बन्नु स्वभाविक पनि थियो ।
राजदुत रायले शुक्रबार दिउँसो १२ः३० देखि २ः५५ सम्म विभिन्न शक्ति राष्ट्रका राजदुतहरुलाई लैनचौरमा नेपाल विरोधी अभिव्यक्ति घोकाए । नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे ज्ञान भएका विभिन्न देशका आवासीय कूटनीतिज्ञहरुले भारतसँग नाकाबन्दी किन भनी प्रश्न गरेका थिए ।
तर, राजदुत रायले मुख्य अबरोध भएको स्थानबाट रि रुट गरि सामान लैजान आग्रह गरिएको, नेपाल तर्फ नै असुरक्षा रहेको भन्दै मधेसी मोर्चाको बहाना पारेर नेपालमा लगाइएको नाकाबन्दीको बचाउ गरे ।
उनले नेपाल आफुहरुको सबैभन्दा नजीकको मित्र राष्ट्र भएको भन्दै शताब्दीऔं पुरानो सम्बन्ध भएको देशमा आफुहरुले यस्तो गर्नै नसक्ने भन्दै उनीहरुलाई कन्भीन्स मात्र गराएनन्, निस्कने बेलामा सबै राजदुतहरुले उल्टै नेपाल सरकारलाई गाली गर्दै निस्कने वातावरण तयार पारे ।
कुटनीतिक रुपमा निकै चालबाजी गर्न सिपालु मानिने रायले गरेको यो चालबाजी नेपालकालागि अर्को घात हुने पक्का छ । रायले नाकाबन्दीको विरोध गरिरहेका अमेरिका, जापान, जर्मनी, अष्ट्रेलिया, यूरोपेली युनियत लगायतका प्रभावशाली देशका प्रतिनिधिलाई निम्त्याएर मिष्ठान्न भोजन सँगै कन्भीन्स गराएका थिए ।
राजदुतहरुले रायसँग नेपालमा किन यस्तो भन्दै तर्कने र थर्काउने प्रयास गर्दा शान्त भएर उनले रक्सौलमा मधेसी मोर्चाको अबरोध नेपालले नहटाएको र अन्य नाकाबाट सामान आउन नरोकीएको जिकिर गरे ।
उनले प्रभावशाली देशका राजदुतहरुलाई लाइन लगाएर बोलाएको र आफ्नो प्रभावमा पारेको खबर न सरकारले थाहापायो न मिडियाले नै ।
लैनचौर स्रोत भन्छ–प्रहरीका डिआइजीदेखि जवानसम्मको ताँतलिे राजदुतहरु भित्र पसेको र बाहिर आएको, भोज खाएको देखेका छन्, तर, माथिग रिपोर्ट नदिएर घात गरेका छन् ।
हुन पनि भारतीय दुतावासको सुरक्षर्थ खटिएका सुरक्षा निकायका अधिकारीहरुलाई यो जानकारी थियो । र भारतीय राजदुतको चालबाजीको उनीहरुले भण्डाफोर गर्न सक्नुपर्दथ्यो ।
त्यस्तो पनि हुन सकेन र लैनचौरमा नांगो नाच देखाउने रायको पछिल्लो हर्कत नेपालमा नाकाबन्दी थप लम्ब्याउने चाल भएको अनुमान लगाउन मुस्कील छ्रन ।
nepalsandesh
