एमाओवादीका नेतासमेत रहेका यादवले आइतबार दिउँसो सिन्धुलीमा कार्यकर्ताहरुसँग कुरा गर्दै मध्यतराईका सर्लाही, धनुषा, महोत्तरी, रौतहट लगायतका जिल्लामा सिँचाई सुविधाका लागि सुनकोसी–मरिण उदयपुर तथा सिन्धुली जिल्लाको सिँचाइका लागि सुनकोसी–कमला नदी ड्राइभर्सन गरिने बताए ।
यस्तै उदयपुरको पुर्वीभाग, सिरहार सप्तरी जिल्लाको सिँचाइका लागि सुनकोसी नदीकै पानी चतारा सुनसरी डाइभर्सन गर्ने योजना अनुसार आवश्यक पहल थालि सकिएको उनले जनाए ।
‘पुर्वमा कन्काइ र दाङ उपत्यकामा पनि विभिन्न नदीको पानी डाइभर्सन गरेर हिमालमा पानी रहेसम्म दिर्घकालीन सिँचाइको प्रबन्ध मिलाइने छ,’उनले भने ।
सिँचाइको विकासका लागि आफु कृषी र बन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न तयार रहेको जनाए ।
सिँचाइका क्षेत्रमा दिर्घकालिन काम गर्नका लागि सिँचाई मन्त्रालयलाई जलमन्त्रालय नाम दिनु पर्ने पनि उनको तर्क थियो । जलचर, जलमार्ग, जलप्राणीको संरक्षणसँगै जलस्रोतको विकासका लागि पनि जलमन्त्रालय आवश्यक रहेको उनले तर्क गरे ।
मन्त्री यादवले जिल्लाको कमालामाई नगरपालिका–४ स्थित ढकाल गाउँमा रहेका खहरे नियन्त्रणका लागि आवश्यक रकम सहयोग गर्ने भन्दै दीर्घकालिन योजना बनाउन सुझाव दिए ।annapurnapost
