ओलीले कसरी पुर्याउछन चुलाचुलामा ग्यासको पाइप? एमाले नेताले दिए जवाफ

२५ पुस,काठमाडौं ।  चुला चुलामा ग्यासको पाइपको पुर्याउँछु भनेर भाषण गरेका प्रधानमन्त्री केपी शर्माले ओलीले चौतर्फी आचोलान खेप्नु परेको छ। समाजिक सञ्जालहरुमा मत उको खेदो खन्दै व्याङगको ओइरो नै छ।

बिना आधार प्रधानमन्त्रीले बोलेको  भन्दै ओलीको बोलीको चर्को विरोध भएको हो। यसअघि पनि उनले एकै वर्षमा लोडशेडिङ अन्त्य गर्ने र हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए।

काम भन्दा बोल्ने गरेको र भाषणमै  समय बर्बाद गरेको भन्दै धेरेले आलोचना गरिरहँदा एमाले एक नेता प्रदिप नेपालले भने ओलीको पछिल्लो बोलीको प्रतिरक्षा गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले काठमाडौंमा मिथेन ग्यासको भण्डार ,दैलेख र मोरङमा पेट्रोलनको भण्डार रहेको भन्दै काम भए घर घरमा ग्यास पठाउने  सकिने भन्दै ओलीको वचाउ गरेका हुन्।


नेपालले भारतकै कारण नेपालको पेट्रोल उत्खनन २७ वर्ष देखि रोकिएको समेत लेखेका छन्

त्यसै गरि अर्का एमाले नेता शंकर पोखरेलले पनि ओलीको वचाउमा शब्द खर्चिएका छन्। उनि लेख्छन्-सपना नदेख्ने र आशा जगाउन नसक्नेले न नेतृत्वगर्न सक्छ नत समाजनै वदल्न सक्छ ।\
 निशानामा परेको प्रधानमन्त्रीको वोली त्यस्तै प्रयास नि हुन सक्छ ।


केही दिन नेपाली हेडलाइन्ससंग कुरा गर्दे पुर्व उर्जामन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले ओलीप्रति संकेत गर्दै धेरै बेलेर अर्थ छैन आलोचना गरेका थिए।nepaliheadlines

Write Comment Below: