काठमाडौं केन्द्रबिन्दु भएको भूकम्प

काठमाडौं : आइतबार दिउँसो काठमाडौंलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको छ ।

काठमाडौंको पश्चिममा अवस्थित गुर्जुधारालाई केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

दिउँसो ४ बजेर २४ मिनेटमा गएको भूकम्पको धक्का थानकोट, कलंकी र त्यस नजिकका उपत्याकाका केही भूभागमा महसुस भएको छ ।

यसअघि शनिबार राति ११ बजेर २८ मिनेटमा रामेछापलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४ सय २३ वटा बढी परकम्प गइसकेका छन् ।

४ म्याग्निच्यूडमुनिका भने हजार बढी परकम्प गइसकेका केन्द्रले जानकारी दिएको छ ।
annapurnapost

Write Comment Below: