उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पृथ्वी जयन्तीको अवसरमा विदा दिइने अपेक्षा रहेको बताएका छन् । आफू नै उपप्रधानमन्त्री रहेको भएपनि उनले सरकारले विदा दिने अपेक्षा सार्वजनिक गरेका हुन् ।
कमल थापाले भनेका छन्, ‘भोलि पृथ्वी जयन्ती,हामी अन्तिमघडीसम्म प्रतीक्षा गर्नेछौ,सार्बजनिक बिदा दिईनेछ,पृथ्वी जयन्ती मनाईनेछ’ ।
कमल थापाको अध्यक्षतामा रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अघिल्ला वर्षहरुमा पनि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिनु पर्ने माग गर्दै आएको छ ।
राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आएको छ ।nepaliheadlines
