भारतको बिहारमा प्रहरी र नक्सालवादीबीचको भिडन्तमा पाँच जना नक्सालवादी मारिएका छन् ।
बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र नक्सालवादीबीच मुढभेड भएको हो ।
भिडन्तपछि गरिएको खोजिका क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपका क्रममा एक प्रहरी हवल्दार पनि घाइते भएका छन् । घटनास्थलबाट एक एके ४७ तथा अरु केही हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।nepaliheadlines
