दाङ। तुलसीपुरस्थित सिर्जना होटलमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
सल्यान खलङ्गा–७ घर भएकी ३२ वर्षीया चितमाली विश्वकर्मा तुलसीपुर–५ बसपार्कमा रहेको उक्त होटलमा मृत अवस्थामा भेटिएकी हुन् ।
बिहान ९ बजेसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र ढोका फोडेर हेर्दा ओछ्यानमै मृत फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
चितमालीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ ।
nepalsandesh
