असली वार्ता दिल्लीमा, नक्कली वार्ता काठमाडाैंमा

बुधबार, १६ मंसिर
काठमाडाै ।  आज बुधवार साँझ ६ बजेलाई मधेश मोर्चा, सरकारी पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेश विच त्रिपक्षीय वार्ता हुँदैछ ।
तर असली वार्ता भने दिल्लीमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र भारतीय सरकारका प्रतिनिधिहरु विच हुँदैछ ।

आज बुधवार नै कमल थापा र भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज तथा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत डोभल विच वार्ता हुदैछ ।
थापाले सके सम्म मोदी संग पनि भेट्न खोजीरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको केन्द्रिय समिति बैठकमा नयाँ ढंगको सीमांकनको प्रस्ताव गरिसकेका छन् ।
उनको नयाँ प्रस्ताव अनुसार २ नम्बर प्रदेशमा मोरङ सुनसरीका दक्षिणी इलाका गाभ्ने र यसमा सहमति नभए मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश वनाउने र २ नम्बर प्रदेशमा पर्सा देखि धनुषा सम्म र उदयपुर, सिन्धुली र मकवानपुरका चुरे क्षेत्र सबै राख्ने गरी सीमांकन हेरफेर गर्ने योजना छ ।
साथै प्रचण्डको प्रस्तावमा ५ नम्बर प्रदेशका पहाडि जिल्लाहरु ४ नम्बर प्रदेशमा राखेर ५ नम्बर प्रदेश तराई मधेशको मात्र वनाउने तथा यसमा कैलाली कंचनपुरको थारु बहुल इलाकाहरु पनि गाभ्ने गरी सीमांकन हेरफेर गर्ने योजना छ ।
प्रचण्डका यी प्रस्तावहरुमा मधेशी मोर्चाले पनि सहमति हुन सक्ने वताएका थिए । तर कांग्रेश र एमाले यो प्रस्तावमा सहमत भएको थिएन । तर अहिले कांग्रेश र एमालेले पनि नयाँ ढंगले सीमांकन गर्ने विषयमा लचिलो बन्ने निर्णय गरेका छन् ।
कांग्रेश एमालेको यो लचिलो भनेको कति हो भन्ने प्रष्ट खुलेको छैन । तर प्रचण्ड कै प्रस्ताव वरपर त्यो भन्दा अलि कममा सहमति हुन सक्ने सन्देश दिल्ली पुगेको र दिल्ली संग विभिन्न च्यानलहरुवाट वार्ता भैरहेको समाचार श्रोतले वताएको छ ।
सरकार पक्षका एमाले, एमाओवादी र कांग्रेशले दिल्ली पक्ष के कति सम्ममा सहमत हुन सक्ने र नाकावन्दी खोल्न सक्ने हो भनेर त्यसको संकेत पर्खिरहेको समाचार श्रोतको दावी छ ।
तसर्थ असली वार्ता नेपालका तीन ठुला दलहरु र दिल्ली विच भैरहेको तथा काठमाण्डौंको वार्ता त्यसको डमि मात्र भएको पर्यवेक्षकहरुको भनाई रहेको छ ।
कमल थापा मार्फत नै दिल्लीको कुनै सन्देश आएमा सोही अनुसार यहाँको वार्तामा प्रगति हुने वा चिया विस्कुट गफमा टुंगीने भन्ने निश्चित हुने भएकोले काठमाण्डौंको वार्तामा मधेशी मोर्चाका शीर्ष नेताहरु अनुपस्थित भएको वताइन्छ ।
nepalsandesh

Write Comment Below: