दसगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका बासिन्दाले धर्नामा बसेका आन्दोलनकारीलाई कुटेर लखेटेका हुन् ।
भारतीयको कुटाइबाट धर्नामा बसेका मधेसी दलका पाँचजना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा बाराको कलैयाको सुरेश साह कानु, फेटा २ का रञ्जित साह, दक्षिण झिटकैयाका रामदहिन यादव, नन्दु यादव र वीरगन्ज १३ का फिरोजबाबु खान छन् । उनीहरुमध्ये कानुको अवस्था गम्भीर छ । घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लट्ठी र भाटा बोकेर आएका भारतीयले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीलाई आक्रमण गरेका हुुन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
ratopati
