धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आन्दोलनकारीलाई भारतीयहरुको एक समूहले आक्रमण गरेर लखेटेपछि वीरगञ्ज नाका सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साँझ साढे ८ बजे नाकामा आन्दोलनकारी कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो । आक्रमणमा पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणपछि आन्दोलनकारी तितरबितर भएका छन् । उक्त नाकाबाट केही भारतीय ट्रकहरु वीरगञ्जबाट रक्सौल छिरेका छन् । राजधानी काठमाडौंसहित देशभरका लागि ७० प्रतिशत आपूर्ति हुने वीरगञ्ज नाकामा मधेसी मोर्चाले तीन महिनादेखि अवरुद्ध गर्दै आएको थियो ।
dainiknepal
