चीनसँग ८ बुँदे सम्झौता, यसरी हुनेभो इन्धन व्यापार, अब बिना भिसा चिनियाँ

काठमाडौं । नेपाल र चीनबीच विभिन्न आठ बुँदामा सहमति भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र समकक्षी वाङ यी बीचको भेटवार्ता पछि यस्तो सहमति भएको हो ।
सहमतिमा नेपाल चीन बीचमा इन्धन व्यापार गर्ने उल्लेख गरिएको छ । यो बुँदा सहमतिको चौथो नम्बर बुँदामा राखिएको छ । भेटवार्ता पछि सहमति भएका विषयलाई संयुक्त विज्ञप्तिको रुपमा जारी गरिएको छ।

सहमतिमा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने बुँदालाई चौथो नम्वरमा महत्वका साथ राखिएको छ । यस्तै नेपाल र चीनका बीचमा उच्चस्तरीय भ्रमण गर्ने र पुननिर्माणमा सहयोग गर्ने उल्लेख छ ।

यो वर्ष भित्र नेपाल र चीनका उच्च अधिकारीको भ्रमण गरिने छ । यस्तै चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू र सीमा नाकाहरू व्यवस्थित गर्नकालागि आवश्यक काम गर्ने सहमति बनेको जनाइएको छ ।

यस्त बिप्पा सम्झौताकालागि अध्ययन अघि बढाउने सहमति पनि बनेको छ । यस्तै नेपालमा चिनियाँ पर्यटकलाई भिसा रहित भ्रमण व्यवस्था गर्ने प्रतिबद्दता पनि जनाइएको छ ।
nepalsandesh

Write Comment Below: