विहीबार सीमा सुरक्षा बलका अधिकृत र जवानहरुको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सिंहले नेपालसँगको खुला सीमा क्षेत्रलाई ब्यवस्थित गर्न र खुला सीमाको दुरुपयोग गर्दै आतंकवादीहरुले भारतविरुद्ध योजना गर्न सक्ने सम्भावना बढेको भन्दै तत्काल जासुस परिचालन गर्न निर्देशन दिएका हुन् ।
भारतीय पत्रिका द एसियन एजमा प्रकाशित समाचार अनुसार गृहमन्त्री सिंहले नेपाल सीमामा तैनाथ सीमा सुरक्षा बलका जवानहरुलाई सोधपुछ गर्ने र शंका गर्ने क्षमता वृद्धि गर्न पनि निर्देश गरेका छन् ।
आतंकवादविरुद्ध लड्न गुप्तचरी क्षमता वृद्धी गरेर नेपाल तथा भुटानसँगको खुला सीमा ब्यवस्थित गनुपर्ने सिंहको भनाई थियो । यसअघि सिंहले नेपालमा १ करोड भारतीय नागरिक बस्दै आएको भन्दै उनीहरुको सुरक्षा गर्नुपर्ने बताएका थिए ।
dainiknepal
