आज पनि मधेसी मोर्चालाई बेवास्ता गर्दै सदन चल्ने, सैद्धान्तिक छलफल यथावत

काठमाडौं, १४ पुस । संविधान संशोधनको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ ।
दिउँसो एक बजे नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको विधेयकमाथिको जारी सैद्धान्तिक छलफल यथावत रहने स्रोतले जनाएको छ ।
संशोधन प्रस्तावमा सोमबार एमाले र एमाओवादीका एक एक जना सांसदले सैद्धान्तिक छलफलमा भाग लिएका थिए । आजको बैठकमा कांग्रेससहितका दलहरुले भाग लिने छन् ।
उता, संविधान संशोधनमा असहमति जनाउँदै आएको मधेसी मोर्चाले आज पनि सदनमा अबरोध गर्नेछ । अबरोधका बीच सोमबार सदन चलेको थियो ।
नारावाजी र सदन घेरा उर्दै आएको मधेसी मोर्चाको प्रदर्शनको बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीले सदन चलाउने गर्नुभएको छ ।
dainiknepal

Write Comment Below: