काठमाडौं । सन् १९९६ मै निधन भएका एक अन्धा ज्योतिषले गरेको भविष्यवाणी मिल्न थालेपछि उनका अनुयायीहरुले यसलाई प्रचार प्रसार गर्न थालेका छन् ।
बुल्गेरियामा जन्मिएका रहस्यमयी बाबा भेङ्गाले मुस्लिम संगठनको नाममा अतिवादीहरुले सन् २०१५को अन्तिमबाट युरोपमा हमला थाल्ने र २०१६ मा ठूलो मुश्लिम युद्ध हुने भविष्यवाणी गरेका थिए ।
उनले भने जस्तै फ्रान्समा अतिवादी संगठन आइएसले आक्रमण गरेका छन् । उनले सन् २००१ मा अमेरिकामा आतंकवादी आक्रमण हुने पनि दाबी गरेका थिए ।
उनले सन् २००९ पछि विश्वभर आतंकवादको केन्द्रमा मुस्लीम संगठनहरु हुने र उनीहरुकै केन्द्रमा रहेर विश्व थर्कमान हुने बताएका थिए । अहिले बाको हराम, आइएस, अलकायदा लगायतका अतिवादी मुस्लीम संगठनहरुकै कारण विश्वमा तनाव उत्पन्न भैरहेको छ । डेलीमेलले उनको बारेमा लेखेको छ ।
ती बाबाले अफ्रिकी मुलका अमेरिकी नागरिक अमेरिकाको राष्ट्रपति बन्ने भविष्यवाणी समेत गरेका थिए । बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि उनको यो भविष्यवाणी पनि मिलेको भन्दै डेलिमेलले उनका ८५ प्रतिशत भविष्यवाणी मिलेको दाबी गरेको छ ।
उनको भविष्यवाणीहरु लगभग मिलेको भन्दै डेलिमेलले उनले गरेका पुरा हुन बाँकी भविष्यवाणी भनेर यी विषयलाई उठाएको छ ।
उनले सन २०३३ मा पृथ्वीको हिमाली क्षेत्र पग्लिएर जाने बताएका छन् । यो कुरा बैज्ञानीकहरुले पनि गर्दै आएका छन् । सन् २०४३ मा यूरोपमा इस्लामिक सत्ताले हमला गर्नेछ, यसको केन्द्र इटालीको रोम हुनेछ । २०४६ मा हरेक व्यक्ति अंग निर्माणमा लाग्ने दाबी गरेका छन् ।
यस्तै सन् २०६६ मा एक मस्जिदमा ठूलो हमला हुने र अमेरीकाले तयार पारेको अभूतपूर्व हतियार त्यस बेलाबाटै प्रयोग सुरु हुने र पृथ्वीको तापमानमा निकै ठूलो गिरावट आउने दाबी गरेका छन् । सन् २१०० मा यस्तो कृतिम सूर्य बन्नेछ, जसले धर्तिको अध्याँरो हिँस्सामा प्रकाश दिन प्रयास गर्ने बताएका छन् ।
सन् २१११ मा मानिस र रोबोर्ट मिल्ने उनको दाबी छ । सन् २१५४ मा जीवहरु मिकरुपमा विकास हुँदै आधा मानिस आधा जनावरको अवस्था आउने उल्लेख गरेका छन् । यस्तै सन् २१७० मा पृथ्वी भिषण सुख्खा हुने बताएका थिए । उनले गरेको भविष्यवाणीमा २१९५ मा एलिन्स र मानिस मिलेर पानीको गहिराईभित्र सहर बसाउने उल्लेख छ ।
सन् २२०१ मा सूर्यको न्युक्लीयर क्रियामा ठूलो बदलाब आउने र सूर्य फिक्का हुने उल्लेख छ । यस्तै सन् २२८८ मा समयको यात्रा संभव हुने बताएका छन् भने त्यसपछि मानिसहरुले दोस्रो ग्रहसँग सम्बन्ध बनाउने उनले दाबी गरेका थिए ।
उनले सन् २४८० मा दुई कृत्रिम सूर्य एकआपसमा जुध्ने दाबी गरेका छन् । उनले अर्को रोचक भविष्यवाणी गरेका छन् की सन् ३००५ मा मंगलग्रहमा समेत युद्ध हुने छ । उनको आजसम्मका भविष्यवाणीहरु लगभग मिले पनि यती पछिसम्मको कुरा भने मिल्ने हो या हैन, समयले बताउला ।
nepalsandesh
