परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता, भारतले दियो कडा जवाफ

काठमाडौं, १६ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।
आज विहान नयाँ दिल्लीस्थित नेहरु भवनमा भएको भेटवार्तामा मन्त्री थापाले समकक्षी स्वराजसँग नाकाबन्दी हटाउन आग्रह गर्नुभयो । तर, भारतीय विदेशमन्त्री स्वराजले तराई मधेसको राजनीतिक समस्या समाधान गर्न पुरानै अडानसहितको जवाफ दिनुभयो ।
भेटवार्ता लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै लेख्नुभएको छ– ‘नेपालले सामना गरिरहेको राजनीतिक समस्याका लागि आकस्मिक राजनीतिक समाधान आवश्यक छ ।’ उहाँको भनाई अनुसार भारतीय विदेशमन्त्री स्वराजले मधेसीका माग पुरा गरेमात्रै नाकाबन्दी खुल्ने अडान परराष्ट्रमनत्री थापासमक्ष राखेको बुझाउँछ ।
संविधान सभाले संविधान जारी गरेपछि असन्तुष्ट देखिएको भारतले त्यसपछि नाकाबन्दी लगाउँदै आएको छ । नाकाबन्दी खोल्नका लागि भारतीय पक्षले ‘राजनीतिक समाधान पहिला हुनुपर्ने’ अडान राखेको छ । भारतको राजनीतिक समाधान वाक्यांशभित्र प्रदेशहरुको सिमाङ्कन हेरफेर, नागरिकता विषय लगायत रहेका छन् ।
सोमबार भारतको बेंगलोर गएका परराष्ट्रमन्त्री थापा आज स्वदेश फर्किदैहुनुहुन्छ ।
dainiknepal

Write Comment Below: