नेपालगञ्जमा प्रहरीले ढुंगा हानेर मधेसी मोर्चाका नेता कार्यकर्ता लखेट्यो

नेपालगन्ज, १६ मंसिर । बाँके जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाका रुपैडियामा धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले लखेटेको छ ।
भारतीय भूभागमा बसेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार गरेपछि रुपैडियाका प्रदर्शनकारीलाई ढुंगाले हानी हानी लखेटिएको हो ।

भारतबाट आएको एक मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो । त्यसपछि प्रहरीले ढुंगा हानेर प्रदर्शनकारी खेदेको हो । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।
dainiknepal

Write Comment Below: