नाकाबन्दी लगाएको भन्दै मोदीमाथि आक्रमण, यसरी हुँदैछ भारतीय संसदमा भिडन्त

बिहीबार, १७ मंसिर
काठमाडौं । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लगाएको नाकाबन्दीको प्रतिरोध भारतीय सांसद हरुलेनै गर्ने भएका छन् ।
आज दिउँसो बस्ने भारतीय माथिल्लो सदन राज्यसभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको विषय भन्दै यो विषयमा छलफल केन्द्रीत हुने छ ।

बैठकको सुरुमै राज्यसभा सदस्य पवनकुमार वर्माले भारतीय प्रधानमन्त्री मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपालको स्थिति र भारत९नेपाल सम्बन्धबारे जरुरी सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
उनले आक्रामक प्रस्तुती सहित पहिलो पटक प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजलाई आक्रमण गर्ने तयउारी गरेका छन् । पवनकुमार वर्मा जनता दल युनाइटेडका सांसद हुन् भने नेपालको सीमा जोडिएको विहारबाट राज्यसभामा सदस्य बनेका थिए ।
उनले यस अघि पनि भारजपा सरकारले लगाएको नाकाबन्दीको चर्को विरोध गर्दै आइरहेका छन् । यो विषयमा विदेशमन्त्री स्वराजले आफ्नो घारणा संसदमा टेवल गराएकी छिन् भने वर्माको प्रस्तुतीको जवाफ दिन र उनको प्रश्नको प्रतिरोध गर्ने सवाल तयार पारेको बताइएको छ ।
भारतीय विदेशमन्त्रीले हाल भैरहेको नाकाबन्दीलाई ढाँट्ने र पारवहनमा नेपालबाटै समस्या भएको भन्दै जवाफ दिने तयारी गरेकी छिन् । अबरोध नभएका नाकाहरुमा अहिले पनि सयौं मालवाहक ट्रक र १३० बढी ग्यास बुलेट अड्कीएकोमा मन्त्रीले यो विषयलाई पनि छलछाम गर्ने तयारी गरेकी छिन् ।
मन्त्रीको जवाफ लगत्त२ै विपक्षी सांसदहरुले संसद अबरोध गर्ने तयारी समेत गरेको बताइएको छ । उनीहरुले मोदी प्रधानमन्त्री भएपछि पहिलो पटक संसद अबरोध गरेर मोदी सरकारमाथि आक्रमण गर्न लागेका हुन् । भारतीय संसद इतिहासमा यो पहिलो घटना हुनेछ, जुन छिमेकीलाई लगाइएको नाकाबन्दी विरुद्ध संसदमै हंगामा हँदैछ । र संसद अबरोधसम्म हुदैछ ।
nepalsandesh

Write Comment Below: