भारत । भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका मोदीले छिमेकी मुलुकहरुसँगको सम्वन्ध बिगारेको भन्दै भारत भर बिरोध भइरहेको छ ।
नेपालमा मोदी सरकारले लगाएको नाकाबन्दी लगायतका बिषयमा त झनै भारतको संसदमा समेत हल्ला खल्ला भइसकेको छ । बिपक्षी पार्टीहरुले नरेन्द्र मोदीले नेपालसँगको सम्वन्ध सुधार गर्नु पर्ने त्यसलाई बिगारेको भनि उनको आलोचना गरेका छन् ।
अन्य छिमेकी मुलुकसँग समेत मोदी सरकारका कारण समस्या थप टटिल बन्दै गएको छ । पाकिस्तानसँग संवाद हिनताको अवस्था छ भने बंगलादेशसँगको सम्वन्ध समेत पहिलाको भन्दा खराब अवस्थामा रहेको भन्दै भारतीय नेताहरुले मोदी सरकारको आलोचाना गर्दै आएका छन् ।
नेपालसँगको सम्वन्ध विगारेको भन्दै उत्तर प्रदेश राज्यका मन्त्री आजम खाँ प्रधानमन्त्रि मोदीको आलोचना गरेका छन् ।
उनले नेपालजस्तो मित्र राष्ट्रलाई पनि विश्वासको दायरामा राख्न नसकेकोमा मोदीको कडा आलोचना गरेका छन् । उनले भारतको विदेश नीतिको आलोचना गर्दै भने, ‘भारतको विदेश नीति यस्तो भइसकेको छ कि पाकिस्तानमात्र नभई नेपाल, श्रीलंका, चीन पनि दुश्मन बन्दै गइरहेका छन् ।’
बुधबार गोरखपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ५० मिनेट खर्चिएका उनले अधिंकाश समय मोदीको आलोचना गरे । यसअघि बिहारका पूर्व मूख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले पनि मोदीको आलोचना गरेका थिए ।
nepalsandesh
