चिनी विदेश मन्त्रालयले यसलाई भारतको हस्तक्षेप भनेको छ । चीनले भनेको छ हाम्रो दक्षिणी सागर संग भारतको कुनै सम्बन्ध छैन ।यति मात्रै होइन चीनले यो भनेको छ कि जापानको पनि यो क्षेत्रसंग कुनै सम्बन्ध छैन किनिकी जापान पूर्वी चीन सागरमा पर्छ न कि दक्षिण चीन सागरमा ।
यो मामिलामा अमेरिकालाई पनि दायाँ बायाँ र चलखेल नगर्न चीनले चेतावनी दिएको छ । वास्तविकता के हो भने अमेरिका र जापान चीनको यो भूभागमा सबै देशहरु जुन चीन विरुद्द छन् तिनीहरु संग राम्रो सम्बन्ध बनाउन लागेको छ । अब भारतले पनि अमेरिकाको यो नीतिलाई साथ दिईरहेको छ ।
जसको कारण चीन भारत विरुद्द आक्रोशित भएको हो । भारतले आफ्नो व्यापारमा अधिक नाफा हासिल गर्न भियतनाम ,कम्बोडिया ,मलेशिया जस्ता देशहरुमा चीनको त्यहि भूभागबाट सामान निर्यात गर्ने गरेको छ ।
अत्याधिक नाफा हासिल गर्न भारत जापान र अमेरिका संग मिल्न गई चीन विरुद्द उभिएको हो ।
nepalsandesh
