राष्ट्रपति जनकपुरमा, जनकपुरमा उच्च सुरक्षा सतर्कता (तस्विर सहित)

१ पुस, जनकपुरधाम ।

देशको पहिलो महिला राष्ट्रपती विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।

जनकपुर धाममा आज हुने विवाह पञ्चमी समारोहमा सहभागी हुन राष्ट्रपती भण्डारी सेनाको हेलीकप्टरमा त्यहाँ पुगेकी हुन् ।
राष्ट्रपती आउने भएपछि मोर्चाका कार्यकताले हिजो देखी नै विरोध गर्दै आएका थिए । आज विहान पनि विरोध जारी रहेका कारण जनकपुर तनावग्रस्त रहेको छ।

मोर्चाका कार्यकर्ताले विरोध गर्ने भएपछि सुरक्षा व्यवस्था अत्यन्त कडागरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सेनाको बख्तरबन्द गाडी समेत तयारी अवस्थामा राखिएको छ ।nepaliheadlines

Write Comment Below: