अख्तियारभित्र बसेर यसरी गर्दैछन् लोकमानले ‘चरम अत्याचार’

काठमाडौं । लोकमानले फेरि एकचोटी अख्तियारको आँगनलाई दुरुपयोग गर्दैछन् । राज्यले पदीय जिम्मेवारी वहनका क्रममा उपयोग गर्न भनी सुविधानमा दिएको सरकारी निवासबाटै दुई वर्षअघि जेठी छोरी अन्माए । फेरि आइतबार उनले कान्छी छोरीलाई त्यहीँबाट अन्माउन अख्तियरबाटै टीकाटालो गरेका छन् ।
नेपालको तस्करी साम्राज्यका कुख्यात पात्र मानिने व्यापारी रोहिणी थपलियाका छोरालाई जेठी छोरी डा. आध्यासिंह अन्माउँदा गरेभन्दा पनि चर्को अत्याचार यसपटक गर्दैछन् । कसरी भने, अख्तियारका सहसचिव श्रीधर सापकोटाको परिपञ्चमा एन्फा अध्यक्ष गणेश थापाले गरेका विदेशी मुद्रा अपचलनको मुद्दामा क्षेत्राधिकार मिचेर अख्तियारले सफाइ दिएको थियो ।
यतिबेलासम्म त फिफाले नै गणेश थापालाई डामिसकेको छ । तर, उतिबेला लोकमानले क्षेत्राधिकार मिच्नुको कारण पनि यतिबेला झल्किएको छ कि गणेश थापाकी जेठी दिदीका छोरा प्रणयसँग लोकमानकी कान्छी छोरी आकृति अख्तियारको आँगनबाट अन्मँदै छिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal

Write Comment Below: