पाल्पा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मधेसको भावनालाई नबुझेकाले समस्या उब्जेको बताएका छन् ।
नेपाली काँग्रेस पाल्पाले तानसेनमा अायाेजना गरेकाे कार्यकर्ता भेटङाट कार्यक्रममा बाेल्दै पाैडेलले ओली मधेस विरोधी भएकै कारण अहिलेको समस्या समाधान हुन नसकेको अाराेप लगाए ।
सरकारले अरु कुरा मिलाएर भए पनि बन्द हडताल अन्त्य गर्नुपर्ने बताउँदै उनले नेपाली जनताले धेरै दुःख पाइसकेको र अबका दिनमा यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए ।
मुलुकलाई सङ्कट आइपर्दा काँग्रेस नै अगाडि सर्नुपर्ने भएकाले मधेसको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै उपसभापति पौडेलले भने, ‘अहिलेको समस्या समाधान गर्न तराईका जनताको भावनालाई काँग्रेसले प्रतिनिधित्व गर्दै बुझ्न सक्नुपर्दछ ।’
संविधान संशोधन गरेर भए पनि तराईको समस्या समाधान गर्न पौडेलले आग्रह गर्दै सीमाङ्कन, जनसङ्ख्या र समानुपातिकका कुरा काँग्रेसले उठाउँदै आएको जिकिर गरे ।
अहिले संविधान जारी गरेको ठीक काम भएको बताउँदै उनले विगतको भद्र सहमतिको कुराकै कारण सबै कुरा पार्टीभित्र आउँदै गरेको महाधिवेशनप्रति लक्षित गर्दै उनले भने, ‘विगतमा ‘टेष्ट’ सुशील कोइराला र शेरबहादुर देउवाको भइसकेको छ ।’
nepalsandesh
