गर्दा जनता अन्यौलमा परेका हुन् ।संघीय समाजवादी फोरमसहित सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सदभावना पार्टी समेत रहेको संयुक्त लोकतान्त्रिक मोर्चा एक तिर रहेको छ भने अनिल झा
नेतृत्वको नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र जेपी गुप्ताको तराई मधेश राष्ट्रिय अभियान सम्मिलित संघिय मधेशी गठबन्धन नाम भएको अर्को मोर्चाले सामानान्तर रुपमा आन्दोलनको कार्यक्रम अघि बढाइरहेको छ ।
संयुक्त लोकतान्त्रिक मोर्चाले यस अघि तिहार र छठको अवसर पारेर बन्द खुकुलो भएको जानकारी दिँदा गठबन्धनले बन्द यथावत रहेको र बन्दको क्रममा यातायात कलकारखाना सञ्चालन गरे त्यसको परिणाम राम्रो नहुने भन्दै
चेतावनी दिएको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गरि ग्रामीण सडक खोलेको जानकारी दिएको २४ घण्टा बित्न नपाउदै गठबन्धनले बन्द यथावत रहेको खबरदारी सहित अर्को प्रेस बिज्ञप्ती
सञ्चालन गर्न दिने निर्णय भएको जनाएका थिए ।
मोर्चाको सो निर्णयमाथी संघिय समाजवादी फोरम नेपाल, तमलोपा र मोर्चाका सुभेच्छुक नेताहरुले नै असन्तुष्टि जनाएका छन् । मोर्चाको संयोजक एवम फोरम नेपालका संयोजक महेन्द्र यादवले एकलौटी एवम हचुवाको
भरमा निर्णय गरेको भन्दै फोरम नेपालका जिल्ला सचिव राम अवतार यादव र तमलोपाका जिल्ला प्रवक्ता मोहम्मद ईस्लाम समावेशी मधेशी गठबन्धनको सहयोगमा बन्दलाई निरन्तरता दिने जनाएका छन् ।
गठबन्धनमा आबद्ध नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष हरिश्चन्द्र सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष देवमणि पाण्डे, मधेशी जनाधिकार फोरम ९गणतान्त्रिक०का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार पाण्डे र
तराई मधेश राष्ट्रिय अभियानका केन्द्रिय सदस्य प्रशान्त गुप्ताले संयुक्त बिज्ञप्ती जारी गर्दै मधेशमा जारी रहेको बंद तथा नाकाबन्दीलाई यथावत राख्दै जारी आन्दोलनलाई अझ शशक्त तथा प्रभावकारी बनाउने निर्णय गरेको छ ।
गठबन्धनको यो निर्णयमा अहिलेसम्म मधेशी मोर्चाका निकट मानिने युवा नेता सन्तोष पाण्डेले पनि समर्थन गर्ने जनाएका छन् । गठबन्धनले आन्दोलन अवधिभर बन्दको अवज्ञा गर्नेहरु केही क्षति भए स्वयम जिम्मेवार हुने भनि
चेतावनी समेत दिएको छ ।
दुई वटा सामानान्तर मधेशी मोर्चाको यो जुधाईले कार्यकर्ताहरु निराश भएको प्रतिक्रियाहरु आउने गरेको छ । लामो समय देखीको बन्द तथा आन्दोलनले आजित भएका जिल्लावासीहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णयले
केही खुशी देखि पनि संघिय समावेशी मधेशी गठबन्धनको निर्णयबाट खिन्न भएका छन ।
मधेशी दलहरुको आन्दोल लामो समयदेखी ग्रामीण क्षेत्रमा मात्र केन्द्रित रहेको छ । सदरमुकाम भैरहवामा बन्दको केही असर छैन । मधेशी मोर्चाले आन्दोलनको नाममा मधेशी बाहुल्य क्षेत्र मात्र बन्द गरि स्यावासी बटुल्न खोजेकोलाई स्थानियले “आफ्नै घरमा आगो लगाई मख्ख परेको” संज्ञा दिने गरेका छन ।
ratopati
