‘कांग्रेस, एमाले र एमाओवादीका कारण भारत थुरुरु’, भने–मन्त्रीको मुख सम्हाल्नुस्

बुधबार, १६ मंसिरकाठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेस, एमाले र एमाओवादीको अभुतपुर्व एकताका कारण भारत थुरुरु भएको र दलहरुका बीचमा देखिएको एकता भाडेको आरोप लगाएका छन् ।
भारतीय नाकाबन्दीको भण्डाफोर र सरकारलाई कालोबजारी रोक्नकालागि आयोजित जनसभामा बोल्दै थापाले भारतले नेपाली दलहरुलाई तितरबीचर पार्नकालागि नाकाबन्दी लगाएको बताए ।
थापाले सरकारले बजारमा देखिएको कालोबजारी रोक्ने उपाय खोजि नगर्नु लाजमर्दो भएको पनि बताए । सबै नेपाली एक भएर नाकाबन्दीको सामना गर्नुपर्ने बताउँदै थापाले यतीबेला बजारमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।
उनले सरकारका मन्त्रीहरुको बोलीको ठेगान नभएकाले पहिला मन्त्रीहरुको ठेगान लगाउन पनि प्रधानमन्त्रीलाई थापाले सुझाव दिए ।
nepalsandesh

Write Comment Below: